काठमाण्डौ । माहामारीको रुपमा फैलिरहेको कोरोना कहरका कारण पर्यटन क्षेत्रसँग सम्बन्धित १७ प्रतिशत व्यवसाय सधैका लागि बन्द भएको प्रतिवेदन सार्वजनिक भएको छ ।
उक्त प्रतिवेदन नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको नेतृत्वमा भएको अन्ध्ययनमा उल्लेख छ ।
काठमाडौं लिभिङ ल्याब्सले होटल एसोसिएसन नेपाल, ठमेल पर्यटन परिषदको सहकार्यमा पर्यटकीय क्षेत्र ठमेललाई केन्द्र बनाएर अध्ययन गरिएको जोशीले जानकारी दिए ।
अध्ययन प्रतिवेदनमा ८७ प्रतिशत व्यवसाय ऋणमा रहेको ९२ प्रतिशत व्यवसायमा कोरोनाका कारण ऋण थपिएको र ९५ प्रतिशत श्रमिकहरु मनोवैज्ञानिकरुपमा प्रभावित भएको उल्लेख छ ।
कोरोना महामारीका कारण ९४ प्रतिशत व्यवसाय बन्द भएको, ६५ प्रतिशत श्रमिकहरु बेरोजगार भएको प्रतिवेदनमा उल्लेख छ । साथै ९२ प्रतिशत श्रमिकहरु कोरोनाका कारण ऋणमा डुबेको उल्लेख छ ।
प्रतिवेदन अनुसार ८० प्रतिशत व्यवसायीले यसबीचमा सञ्चालन खर्च समेत उठाउन सकेका छैनन् भने ३२ प्रतिशतले लगानी थप्ने योजना तत्कालका लागि स्थगित गरेका छन् । साथै ४३ प्रतिशत व्यवसायीले सन् २०२० को नेपाल भ्रमण वर्षका लागि लक्षित गरी लगानी थप गरेका थिए ।
प्रतिवेदनमा ९५ प्रतिशत व्यवसायीसँग चार महिनाका लागि पनि नपुग्ने बचत रहेको देखिएको छ भने ८७ प्रतिशतले पैसा सापटी लिएको देखिएको छ ।
सम्बन्धित खबर
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी