पर्यटनमा कोरोनाको असर : १७ प्रतिशत व्यवसाय सधैका लागि बन्द, ९२ प्रतिशत श्रमिक ऋणमा

पर्यटनमा कोरोनाको असर : १७ प्रतिशत व्यवसाय सधैका लागि बन्द, ९२ प्रतिशत श्रमिक ऋणमा

luckdown-ktm_8_Y2wp36sqmz

काठमाण्डौ । माहामारीको रुपमा फैलिरहेको कोरोना कहरका कारण पर्यटन क्षेत्रसँग सम्बन्धित १७ प्रतिशत व्यवसाय सधैका लागि बन्द भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

उक्त प्रतिवेदन नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको नेतृत्वमा भएको अन्ध्ययनमा उल्लेख छ ।

काठमाडौं लिभिङ ल्याब्सले होटल एसोसिएसन नेपाल, ठमेल पर्यटन परिषदको सहकार्यमा पर्यटकीय क्षेत्र ठमेललाई केन्द्र बनाएर अध्ययन गरिएको जोशीले जानकारी दिए ।

अध्ययन प्रतिवेदनमा ८७ प्रतिशत व्यवसाय ऋणमा रहेको ९२ प्रतिशत व्यवसायमा कोरोनाका कारण ऋण थपिएको र ९५ प्रतिशत श्रमिकहरु मनोवैज्ञानिकरुपमा प्रभावित भएको उल्लेख छ ।

कोरोना महामारीका कारण ९४ प्रतिशत व्यवसाय बन्द भएको, ६५ प्रतिशत श्रमिकहरु बेरोजगार भएको प्रतिवेदनमा उल्लेख छ । साथै ९२ प्रतिशत श्रमिकहरु कोरोनाका कारण ऋणमा डुबेको उल्लेख छ ।

प्रतिवेदन अनुसार ८० प्रतिशत व्यवसायीले यसबीचमा सञ्चालन खर्च समेत उठाउन सकेका छैनन् भने ३२ प्रतिशतले लगानी थप्ने योजना तत्कालका लागि स्थगित गरेका छन् । साथै ४३ प्रतिशत व्यवसायीले सन् २०२० को नेपाल भ्रमण वर्षका लागि लक्षित गरी लगानी थप गरेका थिए ।

प्रतिवेदनमा ९५ प्रतिशत व्यवसायीसँग चार महिनाका लागि पनि नपुग्ने बचत रहेको देखिएको छ भने ८७ प्रतिशतले पैसा सापटी लिएको देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ