फलफूल हाम्रो शरीरका लागि पौष्टिक तत्त्वका गजब स्रोत हुन् । हामीले नियमित फलफूल खाने गर्नुपर्छ । फलफूल जतिखेर खाएपनि हुन्छ भन्ने हामीलाई लाग्छ र कुसमयमा खाँदा स्वास्थ्यलाई राम्रो गर्दैन ।
बिहान खाली पेट फलफूल खाने सबभन्दा सही समय हो । शरीरलाई कुनै पनि आहारको पोषक तत्त्व पचाउनका लागि एन्जाइम बनाउने आवश्यकता हुन्छ ।
खाली पेटमा फलफूल खाँदा शरीरका एन्जाइमले फलका पोषक तत्त्व सजिलै पचाउँछन् ।
खाना खानेबित्तिकै फलफूल नखानुस् । भरिएको पेटमा फलफूल खाँदा शरीरले पचाउन गाह्रो मान्छ । पेट पोल्ने, अपच, भारी हुने जस्ता समस्या यसबाट आइलाग्छन् ।
त्यसैले खाना खाएको तीन घन्टापछि मात्र फलफूल खानुस् ।
पोषणविद्हरूका अनुसार बिहान खाली पेटमा अनि दिउँसो ब्रेकफास्ट र लन्चका बीचमा फलफूल खाँदा सबभन्दा बढी फाइदा हुन्छ ।
सही समयमा फलफूल खानु त पर्छ नै, सही तरिकाले खानु पनि उत्तिकै जरूरी छ । फलफूललाई सलादका रूपमा खाँदा बढी फाइदा हुन्छ ।
दहीसँग वा नूनसँग फलफूल खाँदा गजब हुन्छ तर एसिडिटीको समस्या छ भने चाहिँ सलाद नखानुस् ।
बच्चाहरू प्रायः फल खान किचकिच गर्छन् । त्यसैले बच्चाहरूलाई फलफूलको जुस पिलाउनु उपयुक्त हुन्छ ।
उनीहरूलाई जुस स्वादिलो लाग्छ अनि त्यसमा भएका पौष्टिक तत्त्व पनि उनीहरूले प्राप्त गर्छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी