झापा । कचनकवल गाउँपालिका–२ को गन्धर्व बस्तीमा राहत जुट्न थालेको छ । राष्ट्रिय समाचार समिति (रासस) मा केही दिनअघि ‘रोगले भन्दा भोकले मर्ने भइयो’ शीर्षकमा समाचार छापिएपछि विभिन्न सञ्चारमाध्यमले प्रकाशन तथा प्रसारण गरेका थिए । सोही समाचारका कारण दाताहरु खाद्यान्न लिएर गन्धर्व बस्ती पुग्न थालेका हुन् ।
कोही चामल, कोही खानेतेल, साबुन, नुन, दाललगायत अत्यावश्यक खाद्य सामग्री लिएर गन्धर्व बस्ती आउन थालेको पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका सचिव रविन गन्धर्वले बताए। “ठूलो राहत मिल्यो”, उनले भने, “घरमा भएको अन्न सबै सकिकेको थियो, दाताहरुले ल्याइदिनुभयो, केही दिन अब भोकले मर्दैनौँ ।”
शुक्रबार ४५ घर परिवारलाई एक बोराका दरले रु ९० हजारभन्दा बढीको समाजसेवी ज्वाला सङ्ग्रौलाले चामल पु¥याइदिएका थिए भने श्री सत्य साइ सेवा सङ्गठन प्रदेश नं १ ले आवश्यक नुन, तेल, दाल प्रदान गरेको छ । कोरोना महामारीका कारण देशका विभिन्न कुनाकन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएका गन्धर्व जाति आर्थिक सङ्कटमा परेको थियो ।
त्यसैगरी उनीहरुलाई थप राहतकै लागि रासस झापा कार्यालयमार्फत काठमाडौँका केदार गन्दारीले रु ९० हजार पठाइदिनुभएको छभने औषधि व्यवसायी सङ्घले समेत रु एक लाखको खाद्यान्न तयारी गरेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर