काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाइ केही बेरपछि शुरु हुने बताएका छन्।
प्रधानन्यायाधीश राणाको अध्यक्षतामा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्का, ईश्वरप्रसाद खतिवडा तथा डा आनन्दमोहन भट्टराईको इजलास आज गठन भए पनि इजलास गठनको विषयलाई लिएर विवाद हुँदा उक्त विषयमा केन्द्रित भएर सुनुवाइ शुरु हुन सकेको छैन ।
“कुनै पनि न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भनेर दाबी गर्नु कसूर हो, त्यसैले निवेदन दिनेलाई सम्झाउनु मेरो कर्तव्य हो”, प्रधानन्यायाधीशले भने, “यसमा न्याय प्रशासन ऐनको दफा ३७ अनुसार कसूर ठहर सक्छ ।” अधिवक्ता राजाराम घिमिरे, यज्ञमणि न्यौपाने, दीपक मिश्र र कृष्णप्रसाद भण्डारीले इजलासमा हाल रहेकासहित ११ न्यायाधीशले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न नमिल्ने उल्लेख गर्दै निवेदन पेश गरेका छन् ।
प्रधानन्यायाधीश राणाले को न्यायाधीश संवैधानिक इजलासमा बस्न मिल्ने को बस्न नमिल्ने भनी चार अधिवक्ताले पेश गरेको निवेदन अदालतको अवहेलनासम्बन्धी कसूर आकर्षित हुने खालको रहेको बताएका छन्। संवैधानिक इजलासमा बहस गर्ने क्रममा महान्यायाधिवक्ता रमेश बडाल र पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संवैधानिक इजलास गठनप्रति आपत्ति जनाएका छन् ।
सम्बन्धित खबर
माल्टा पठाईदिन्छु भन्दै ७ लाख बढी रकम ठगी गरेको आरोपमा शाही पक्राउ
श्रीमानलाई अश्लील फोटो तथा भिडिओ पठाएर चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
धादिङका दुई युवक डेढ किलो गाँजा सहित पोखराबाट पक्राउ
बागलुङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
पेट्रोल र डिजेलको मूल्य घट्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका