गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
चितवन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३५ वर्षीय छन्नुराम बोटे छन् ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आइतबार साँझबाट बेपत्ता भएका बोटेको आज बिहान राप्ती नदीमा शव भेटिएको हो । राति माछा मार्ने क्रममा गोहीले बोटेलाई आक्रमण गरेको अधिकारीले जानकारी दिए। निकुञ्जमा रातिको समयमा माछा मार्नु अवैध मानिन्छ । इजाजत प्राप्त व्यक्तिले तोकिएका साधनको प्रयोग गरेर मात्रै निकुञ्ज क्षेत्रमा माछा मार्न पाइने व्यवस्था छ ।
चालु आर्थिक वर्षको हालसम्म वन्यजन्तुबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १२ व्यक्तिको मृत्यु भएको छ । हात्ती, बाघ र गैँडाले तीन÷तीन, गौरीगाई, बँदेल र मगर गोहीबाट एक/एकजनाको मृत्यु भएको छ । वन्यजन्तुको आक्रमणबाट यो अवधिमा २३ व्यक्ति घाइते भएका छन् ।
सम्बन्धित खबर
बागलुङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
पेट्रोल र डिजेलको मूल्य घट्यो
करिब ४ तोला सुन जस्तो धातुसहित पोखरामा एकजना पक्राउ
तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, गम्भीर घाइते ९ जना पोखरा ल्याइयो
पोखराको निर्मलपोखरीबाट ५ लाख बढी रकम सहित कौडा खेलिरहेका १६ जना पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका