गण्डकीमा अन्तिम समयमा ट्विस्ट, ओलीकै सिको गर्दै पिएसले पुनः मुख्यमन्त्रीमा गरे दावी !

गण्डकीमा अन्तिम समयमा ट्विस्ट, ओलीकै सिको गर्दै पिएसले पुनः मुख्यमन्त्रीमा गरे दावी !

prithbi-subba-grg

पाेखरा । गण्डकी प्रदेशमा वैकल्पिक सरकार निर्माणमा नयाँ ट्विस्ट आएको छ । विश्वासकाे मत नपाईं पदमुक्त भएका पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्री पदमा पुन: दाबी पेस गरेका छन् ।

प्रदेश सभामा शुक्रबार विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएका पृथ्बीसुब्बा गुरुङले शनिबार फेरी मुख्यमन्त्रीमा दाबी गरेका हुन् । अन्तिम समयमा आएर गुरुङको यो कदमलाई आश्चर्यजनक रुपमा हेरिएको छ।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको पत्रकाे आधार देखाउँदै उनले दाबी पेस गरेका हुन् । जसपाको महन्थ ठाकुर पक्षको पत्र लगिएकाे छ । जबकि, जसपाका गण्डकीका सांसद दुवै बाबुराम भट्टराई पक्षका हुन् । राष्ट्रिय जनमोर्चाका २ र जसपाका २ सांसद शुक्रबार प्रदेश प्रमुख कार्यालयमा सशरीर उपस्थित भई दस्तखत गरेर मुख्यमन्त्रीमा विपक्षी गठवन्धनका कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेका थिए । कृष्ण थापालाई राजमाेले पुन: कारबाही गरेकाे अवस्था छ ।

संसद बिघटनतिर लैजान प्रदेश प्रमुखलाई बहाना बनाउन पनि याे कदम चालिएकाे बुझिएकाे छ । याे कदमकाे मूख्य उद्धेश्य नै काँग्रेस, माअाेवादीकाे गठबन्धनकाे नयाँ सरकार बन्न नदिनु रहेकाे विश्लेषण गरिएकाे छ ।

वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख सिता कुमारी पौडेलले दिएको समय अवधि ३ बजेभित्रै नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका गुरुङले पनि आफ्नो दावी पेश गरेका हुन् ।

गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले तोकेको समय सकिएपनि प्रतिपक्षी सांसदहरुलाई कुनै खबर नगरिएको विपक्षीहरूले बताएका छन् ।

प्रदेश प्रमुख पौडेलले बहुमत दावी गरेर आउन विपक्षी दलहरूलाई आह्वान गर्दै शनिबार दिउँसो ३ बजेसम्मको समय दिएकोमा विपक्षीहरु ३१ जनाको हस्ताक्षर सहित प्रदेश प्रमुखको कार्यालयमा पुगेर बुझाएका थिए । ३१ जनाको हस्ताक्षर बुझेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले सबै प्रक्रिया हेरेर भोलि कदम चाल्ने बताएकी थिइन्।

यतिबेला विपक्षी सांसदहरु प्रदेश प्रमुखको निर्णय कुरेर बसिरहेको अवस्था छ । सामाजिक सञ्जालमा संसद विघटनको लागि यी गतिविधि भएकाे चर्चा चलिरहेको छ ।

श्राेतका अनुसार प्रधानमन्त्री र एमाले पार्टी जसरी पनि संसद विघटनमा लैजान चाहन्छ । पिएस नेतृत्वकाे सरकार कायम नरहने भएपछि संघमा झैं विघटनकाे बाटाेमा लैजान लागिएकाे हाे । तर, संघकै मुद्धा सर्वाेच्चमा छिनाेफानाेकाे क्रममा रहेकाे बेला प्रदेश सभा बिघटन भएमा मुद्धा अदालत पुग्ने पक्का छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds