गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पाँचथर । जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो ।
इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिक रूपमा अशक्त छिन्। सासूससुरा भेट्न मृतककी बुहारी आज बिहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो । अहिले प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ ।
मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुन् । गत बिहीवारमात्रै उनले निवृत्तिभरणको रकम बैंकबाट बुझेको हुनाले लुटपाटका लागि उनको हत्या भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले थप विवरण सार्वजनिक भएको छैन ।
सम्बन्धित खबर
बागलुङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
पेट्रोल र डिजेलको मूल्य घट्यो
करिब ४ तोला सुन जस्तो धातुसहित पोखरामा एकजना पक्राउ
तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, गम्भीर घाइते ९ जना पोखरा ल्याइयो
पोखराको निर्मलपोखरीबाट ५ लाख बढी रकम सहित कौडा खेलिरहेका १६ जना पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका