मनाङ । अबिरल वर्षापछि आएको बाढी पहिरो पीडितको उद्दार गरिएको छ । मौसममा केही सुधार आएपछि शुक्रबार (आज) मनाङका विभिन्न स्थानबाट ११८ जनाको उद्दार गरिएको छ ।
दुई वटा हेलिकप्टरबाट यहाँका सबै क्षेत्रबाट ती पीडितहरुको उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए। प्रजिअ लामिछानेका अनुसार नार्पाभूमि गाउँपालिकाको फू गाउँबाट ५६ जना, नासों गाउँपालिकाबाट ५५ र ओडारबाट १० जनाको उद्दार गरिएको छ ।
नासोंका बाढी पहिरो पीडितलाई मनाङको सदरमुकाम चामेमा स्थानान्तरण गरिएको उनले बताए। फुगाउँका १६ जनालाई दानाक्युमा व्यवस्थापन गरिएको छ भने अन्य पीडितलाई फू गाउँकै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए। मनाङका विभिन्न क्षेत्रका बाढी पहिरो पीडितलाई चामेमा व्यवस्थापन कार्य भइरहेको लामिछानेले बताए।
मनाङका चार गाउँपालिकाका विभिन्न गाउँ वा स्थानीय पालिकाबीचको सम्पर्क र आवतजावत पूर्णरुपमा अवरुद्ध छ । ‘‘अन्य क्षेत्रमा पनि बाढी पहिरोमा परेका पीडितको उद्दार गर्ने कार्य भइरहेको छ, कहीँ कतै सम्पर्कमा नआएका छन् कि भनेर हेलिकप्टरबाट खोजी कार्य भइरहेको छ,’’ प्रजिअ लामिछानेले भने। गृह मन्त्रालयको सहयोगमासेनाको एउटा हेलिकप्टर र पूर्व सांसद पोल्देन छोपाङको व्यक्तिगत खर्चमा हेलिकप्टर उद्दारमा खटिएको छ ।
केही दिनको अबिरल वर्षापछि आएको बाढी पहिरोले गर्दा मनाङमा सडक, विद्युत् र सञ्चार पूर्णरुपमा अरुवद्ध भएको छ । यहाँका साना खोलानाला समेत वर्षासँगै बढेको भेलले सडकका धेरै ठाउँमा भत्किएको छ । बाढी पहिरोले गर्दा विभिन्न क्षेत्रका व्यक्तिहरु बीच सम्पर्क हुन नसकेको प्रजिअ लामिछानेले जानकारी दिए। उनका अनुसार जिल्लामा विभिन्न क्षेत्रमा खानेपानी, सडक, विद्युत् र सञ्चार हुन सकेको छैन ।
सम्बन्धित खबर
मनाङमा हिमपातबाट अलपत्र परेका ७५० जनाको उद्धार
मनाङमा यार्सा टिप्न गएका धादिङका आकाशको मृत्यु
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरू
मनाङ सदरमुकाम चामेमा पहिलो पटक पुग्यो बस
मनाङको फू गाउँमा सशस्त्रको ‘बीओपी’ राखिने
मनाङमा सार्वजनिक गाडी सञ्चालन हुने
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
बालेनलाई रक्षा बमको जवाफ : ‘राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने