सिन्धुली । यहाँको मरिण गाउँपालिकाले बाढी पहिरोबाट क्षति पुगेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ।
शुक्रबार मेलम्ची नगरपालिका पुगेका मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले नगरप्रमुख डम्बर बहादुर अर्याललाई १ लाख ५० हजारको चेक प्रदान गरेका थिए। प्राकृतिक विपत्तिबाट क्षति व्योहोरेको हेलम्बु गाउँपालिकालाई पनि १ लाख ५० हजारको चेक प्रदान गरेको अध्यक्ष बम्जनले जानकारी दिए। हेलम्बुलाई प्रदेशसभा सदस्य युवराज दुलालमार्फत चेक पठाइएको हो।
साथै उद्योग वाणिज्य संघ मरिण शाखाले पनि मेलम्चीलाई ५१ हजार र हेलम्बुलाई ५१ हजार रुपैया आर्थिक सहायेग प्रदान गरेको शाखा अध्यक्ष चिनध्वज बम्जनले जानकारी दिए। त्यस्तै मेलम्चीलाई हास्य कलाकार दिनेश काफ्लेले १३ हजार रुपैँया सहयोग गरेका छन्।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
घट्यो सुनको मूल्य