नासो गाउँपालिकाका भौतिक संरचनामा ठूलो क्षति

नासो गाउँपालिकाका भौतिक संरचनामा ठूलो क्षति

Majhfat pahiro 3

प्रतिकात्मक तस्वीर

मनाङ । गत मङ्गलबार मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङको नासो गाउँपालिकाको भौतिक संरचनामा ठूलो क्षति पु-याएको छ । पालिकाको वडा नं २ बाहेक सबै वडाहरुमा बाढीले ठूलो क्षति पु-याएको हो । नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार १, ३, ४, ५, ६, ७ र ८ वडा पूर्णरुपमा बाढीपहिराबाट क्षति भएका छन् ।

नासो गाउँपालिका–३ धारापानीमा बाढीले पुल र भवनहरू बगाएको छ । गाउँपालिकाका अध्यक्ष घलेका अनुसार ताचै जाने बेलिब्रिज, थोंचे–तिल्चेतिर जाने झोलुङ्गे पुल, नासो गाउँपालिकाको कार्यालय, सीमा प्रहरी चौकी बगेका छन् । यस्तै, प्रभु बैंक र प्राइम कमर्सियल बैंकका भवन, वडा नं ५ को कार्यालय, थोंचे स्वास्थ्य चौकी, लघु जलविद्युत् आयोजनाका साथै धारापानीका पाँचवटा होटेल बगेका छन् । वडा नं १, ताल गाउँको बस्ती डुबानमा परेको छ ।

मस्र्याङ्दीमा उर्लिएको बाढीले भानु माविसहित ताल गाउँको बस्ती डुबानमा परेको नासो गाउँपालिकाका उपाध्यक्ष कमलमाया गुरुङले बताएकी छन् । करीब ५६ घरधुरी रहेको उक्त गाउँका बासिन्दा पहरामुनि गएर बसेको र केही लमजुङ सीमा क्षेत्र म्यार्दीभिरतर्फ गएको उपाध्यक्ष गुरुङले बताइन्। बाढीले विस्थापित धारापानीका स्थानीय बासिन्दा नजीकैको ओडार गाउँमा गएर बसेका छन् । यहाँ अहिले बिजुली र सञ्चार क्षेत्र अवरुद्ध छ भने खाद्यान्नको अभावसमेत भएको छ । गाउँपालिकामा बाढीपहिराले अहिलेसम्म के कति क्षति पु¥याएको छ भन्ने तथ्याङ्क सङ्कलन भइनसकेको अध्यक्ष घलेले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 2 seconds