युरोकप २०२० : जर्मनीद्वारा पोर्चुगल ४-२ ले पराजित

युरोकप २०२० : जर्मनीद्वारा पोर्चुगल ४-२ ले पराजित

jarmani vs portugal

काठमाण्डौ । युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनीको घरेलु मैदान म्युनिखमा भएको खेलमा पोर्चुगल जर्मनीसँग ४-२ ले पराजित भएको छ।

खेलको १४ औं मिनेटमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले अग्रता लिएपनि ३५ औँ  मिनेटमा जर्मनीका रोबिन गोगेन्सले खेललाई बराबरीमा ल्याए । तीन मिनेट नबित्दै जर्मनीले पुनः आत्मघाती गोलमा अग्रता लियो ।

खेलको दोस्रो हाफमा जर्मनीका हाभर्ट्जले गोल गर्दै ३-१ ले अगाडी बढाए। भने खेलको ६० औं मिनेटमा रोबिन गोसेन्सले जर्मनीलाई ४-१ को फराकिलो अग्रता दिलाए ।

खेलको ६६ औं मिनेटमा कप्तान रोनाल्डोको पासलाई सदुपयोग गर्दै जोटाले गोल गर्दै खेललाई ४-२ मा ल्याए ।

खेलको पहिलो हाफमा कमजोर देखिएको पोर्चुगल दोस्रो हाफको मध्यबाट भने लयमा फर्कियो । यद्यपी केही राम्रो अवसरको सृजना गरेपनि सदुपयोग गर्न भने सकेन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ