खसीको भन्दै बाख्राको मासु बेच्ने दुई जना पक्राउ

खसीको भन्दै बाख्राको मासु बेच्ने दुई जना पक्राउ

201182924_

रौतहटमा खसीको मासु भन्दै बाख्राको मासु बेच्ने दुई जना मासु व्यापारी पक्राउ परेका छन् । गौर नगरपालिका वडा नम्बर १ नगरपालिका बजारमा बाख्राको मासुलाई खसीको मासु भन्दै बेचेको आरोपमा गौर नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय लाल महमम्द र सोही ठाउँका ३० वर्षीय महमम्द नसिवलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार उनीहरुले बाख्राको शरीरमा खसीको अण्डकोष केमिकलले टासेर उपभोक्तालाई खसीकै मासु हो भन्दै बेचिरहेका थिए । उनीहरुलाई सादा पोसाक गएको प्रहरी टोलीले ३०/३५ किलो बाख्राको मासुसहित रंगेहात पक्राउ गरेको हो ।

उनीहरुलाई थप कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा पठाइने रौतहट प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ