स्याङ्जामा चितुवालाई गोली हानी मारियो

स्याङ्जामा चितुवालाई गोली हानी मारियो

dsklsd-

स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ का खड्कबहादुर गाहामगरको बंगुर खोरमा पसेको चितुवालाई पछि गोली हानेर मारिएको छ ।

गाहा आइतबार बिहान अन्दाजी साढे ७ बजेतिर बंगुरको दाना लिएर खोरतर्फ जाँदा खोरमा चितुवा देखेका थिए। त्यसपछि उनले तत्काल प्रहरीलाई खबर गरे । खबर पाएलगत्तै प्रहरी घटनास्थल पुग्यो ।

खड्कबहादुरको बंगुरको खोरमा ८ वटा बंगुर थिए, जसमध्ये ३ वटा त चितुवाले मारिसकेको रहेछ । प्रहरी, स्थानीय र वनका कर्मचारी बंगुर खोर भएको ठाउँमा पुगे ।

चितुवा अचानक खोरबाट भागेर ५० मिटर टाढा मानिस भएको ठाउँमा पुग्यो । चितुवाले गल्याङ ७ तोलातुङ का ३८ वर्षीय लालबहादुर विकलाई एक्कासि आक्रमण गरेपछि विकको जीवन रक्षार्थ प्रहरीले गोली चलाउनु पर्‍यो ।

सब डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा गोली हानिएको हो । गोली लागेर घाइते भएको चितुवा केही समयपछि मरेको थियो ।

मृत चितुवाको मुचुल्का कार्य सम्पन्न गरी वन कार्यालयका जिम्मा लगाइएको थियो । चितुवालाई प्रहरी र जनप्रतिनिधिको रोहबरमा गल्याङ ३ नर्सरी वन कार्यालयको कम्पाउन्डमा खाडल खनी पुरिएको छ ।
घाइते लालबहादुरको गल्याङ नगर अस्पतालमा उपचारपश्चात घर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ