साविक विजेता ब्राजिलले कोपा अमेरिका २०२१ को फाइनलमा स्थान पक्का गरेको छ ।
मंगलबार बिहान रियो दि जेनेरियोमा भएको सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । खेलको ३५ औं मिनेटमा नेयमारकै पासमा पाक्वेटाले गोल गरेका थिए ।
ब्राजिलले अब फाइनलमा अर्जेन्टिना र कोलोम्बियाको विजेतासँग खेल्नेछ । पेरुले भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
अर्जेन्टिनासँग फाइनल खेल्ने नेयमारको इच्छा
ब्राजिलियन फरवार्ड नेयमारले कोपा अमेरिकाको फाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनाको सामना गर्न चाहेको बताएका छन् ।
खेलपछि बोल्दै नेयमारले फाइनलमा अर्जेन्टिनाको सामना गर्न चाहेको बताए । ‘म अर्जेन्टिनासँग फाइनल खेल्न चाहन्छु । म सेमिफाइनलमा उनीहरुको लागि नै समर्थन गर्नेछु,’ उनले भने, ‘ अर्जेन्टिनामा मेरो साथीहरु छन् । तर फाइनल भने ब्राजिलले नै जित्नेछ ।’
पछिल्लोपटक ब्राजिल र अर्जेन्टिनाले कोपा अमेरिकामा सन् २००७ मा खेलेका थिए । भेनेजुएलामा भएको उक्त प्रतियोगितामा ब्राजिलले ३-० को जित हासिल गरेको थियो ।
यसपटक ब्राजिल र अर्जेन्टिना कोपा अमेरिकामा दुई अपराजित टोली हुन् । यी दुई टोली फाइनल पुगेको अवस्थामा विश्व फुटबलका दुई उत्कृष्ट खेलाडी, नेयमार र लिओनेल मेस्सी आमनेसामने हुनेछन् । दुवैले व्यक्तिगत रुपमा पनि प्रतियोगितामा उच्च प्रदर्शन गरेका छन् । मेस्सीले ४ गोल र ४ असिस्टको योगदान दिँदा नेयमारले २ गोल गर्दै ३ असिस्ट दिएका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’