पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको यहि जुलाइ–३१ मा सम्पन्न हुने ९–औँ अधिबेशनमा वर्तमान उपाध्यक्ष रोजिनाप्रधान राईले अध्यक्षमा उम्मेद्वारी दिने भएकी छन् । उनले यहि आउँदो ९ जुलाईमा साँझ ७ बजे अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गर्ने तयारी गरेको निर्वाचन प्रचार-प्रसार समितीले जनाएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा जुममार्फत राइले उम्मेदवारी घोषणा गर्ने जनाइन् । हाल सम्म अध्यक्ष प्रत्यासीमध्ये रोजिनाले आफ्नो उम्मेदवारी लाई पहिलो पटक औपचारिक रुपमा नै घोषणा गर्न लागेकी हुन् ।
घोषणा सभाका दिन सरकारी कोभिड नियम अनुसार ३० जना प्रत्यक्ष र जुममा बेलायतका सामाजिक अभियन्ताहरु सहभागिता छ ।
सो अवसरमा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रमुखले दिने शुभेच्छा र आर्शीवाद आफ्ना लागि थप आत्मबल हुनाले सबैलाई कार्यक्रममा जोडिनको निम्ति उनले सार्वजनिक अपिल समेत गरेकी छन्। रोजिनाले घोषणा सभामा आफ्ना ९ बुंदे एजेन्डा र प्रतिबद्धता पनि सार्वजनिक गर्ने बताएकी छन् ।
एनआरएनए यूकेमा सन् २००७ देखि नै आवद्ध रोजिनाले उपाध्यक्षमा निर्वाचित हुंदा सर्वाधिक मत ल्याएकी थिइन् । अहिलेको कार्यसमितिमा उपाध्यक्ष र संघसंस्था समन्वय विभाग प्रमुखको बाग्डोर प्रभावकारी रुपमा सम्हालेकी रोजिनालाई नजिकबाट चिन्नेहरु उनी एक्सन ओरियन्टेड, सालिन र संस्थाप्रति दत्तचित्त रहने अभियन्ता रहेको टिप्पणी गर्छन् ।
यसपटकको निर्वाचनमा पपुलर भोट उनका पक्षमा जाने अड्कल काट्न थालिएको छ । बेलायती विश्वविद्यालयबाट स्नात्तकोत्तर उत्तिर्ण उनी समाजसेवासँगै विभिन्न व्यवसाय र दर्जन बढी संघसंस्थामा समेत संलग्न छिन् ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन