कोरोनाको महामारी सकिएको नठान्न सचेत, झनै खतरनाक भेरियन्ट आउने डब्लुएचओको चेतावनी

कोरोनाको महामारी सकिएको नठान्न सचेत, झनै खतरनाक भेरियन्ट आउने डब्लुएचओको चेतावनी

coronavirus WHO

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलिन सक्ने चेतावनी दिएको छ।

कोरोनाको खतरनाक भेरियन्ट विश्वभर फैलिने र त्यसले महामारी नियन्त्रणमा निकै सकस उत्पन्न हुने डब्लुएचओले भनेको हो।  डब्लुएचओको इमरजेन्सी कमिटीले कोरोना महामारी सकिएको नठान्न पनि चेतावनी दिएको छ।

संक्रमण केही कम भएसँगै विश्वमा कोरोनाको महामारी सकिन लागेको भन्दै गलत हल्ला फैलाउन थालिएकाले यसप्रति सचेत रहन आग्रह गरिएको हो।

डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोनाको महामारी सकिएको नठान्न सचेत गराएका हुन्। उनले कोरोना महामारी सकिने कुराको नजिक पनि पुग्न नसकिएको उल्लेख गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ