कास्कीका १४६ सहित गण्डकीमा थप ३८१ जनामा कोरोना पुष्टि, ३६६ कोरोनामुक्त

कास्कीका १४६ सहित गण्डकीमा थप ३८१ जनामा कोरोना पुष्टि, ३६६ कोरोनामुक्त

Gandaki covid corona 2

शुक्रबार गण्डकीका ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२३ जनामा गरिएको नमुना परीक्षणमा ३८१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका  ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १४६ जना, तनहुँका २० जना, गोरखाका एक जना, लमजुङका आठ जना, नवलपुरका ४१ जना र स्याङ्गजाका ३५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका ७३ जना, बागलुङका ३९ जना, म्याग्दीका पाँच जना, मुस्ताङका ११ जना र मनाङ जिल्लाका दुई जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६० हजार ९०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३६६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५७ हजार ६२ पुगेको छ।

शुक्रबार गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, स्याङ्गजाका एक जना र कास्की जिल्ला पोखरा महानगरपालिकाका एक जना छन् ।

आज मृत्यु पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०१७ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds