पश्चिम युरोपमा भीषण बाढी, कम्तीमा १२० जनाको ज्यान गयो

पश्चिम युरोपमा भीषण बाढी, कम्तीमा १२० जनाको ज्यान गयो

badhi

काठमाडौँ । पश्चिम युरोपमा आएको बाढीका कारण कम्तीमा १२० जनाको ज्यान गएको छ ।

बाढीका कारण पश्चिमी र दक्षिणी जर्मनीका दुई गाउँ तहसनहस भएका छन् । बाढीका कारण सयौँ घर बगेका छन् भने सयौँ सर्वसाधारण बेपत्ता भएका छन् ।

बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित बनेको छ । जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका १३ सय नागरिक हराइरहेका बीबीसीले जनाएको छ । जर्मनीका मौसम विभागका प्रवक्ता एन्ड्रियास फ्रेडरिकले भीषण बाढी एक सय वर्षयताकै खतरनाक भएको बताएका छन् ।

एक महिनामा पर्नु पर्ने पानी २४ घण्टाभित्रै परेको यहाँको मौसम विभागले जनाएको छ । जर्मनीमा नौ घण्टामा अधिकतम २ सय ७ मिलीलिटरसम्म पानी परेको बताइएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीमा आएको बाढीलाई विनाशकारी बाढीको संज्ञा दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ