पश्चिम युरोप बाढी: ज्यान गुमाउनेको सङ्ख्या १७० पुग्यो

पश्चिम युरोप बाढी: ज्यान गुमाउनेको सङ्ख्या १७० पुग्यो

flood-badhi

काठमाडौँ । पश्चिम युरोपमा आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ ।

बाढीका कारण सबैभन्दा धेरै जर्मनी र बेल्जियममा असर परेको बीबीसीले जनाएको छ । ज्यान गुमाउने १७० जनामध्ये १४३ जना जर्मनीका नागरिक रहेका खबरमा उल्लेख छ ।

बाढीका कयौँ नागरिक हराइरहेका छन् । उनीहरुको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन् ।

बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित बनेको छ । विज्ञहरुले जलवायु परिवर्तनकै कारण ठूलो वर्षाको सम्भावना बढ्दै गएको बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ