भारतको हिमाञ्चलमा पहिरोले पुरिएर ९ जनाको मृत्यु, ३ गम्भीर घाइते

भारतको हिमाञ्चलमा पहिरोले पुरिएर ९ जनाको मृत्यु, ३ गम्भीर घाइते

pahiro-india

काठमाडौँ । भारतको हिमाञ्चल प्रदेशमा पहिरोले पुरिएर ९ जनाको मृत्यु भएको छ ।

ठूलो चट्टानसहित झरेको पहरोले पुरिएर आइतबार ९ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।मृत्यु हुनेमा सात जना पर्यटक रहेको जनाइएको छ ।

पहिरोले अन्य ३ जना गम्भीर घाइते भएका छन् ।

घटनामा ज्यान गुमाउने ४ जना राजस्थान, २ जना छत्तीसगढ तथा महाराष्ट्र र पश्चिम दिल्लीका एक–एक जना रहेका छन् । एक मृतकको ठेगाना खुलेको छैन ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूको परिवारलाई राहत स्वरूप २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ