कोरोना महामारी र निषोधाज्ञाका कारण पछाडि धकेलिएको कक्षा १२ को परीक्षा साउन ३१ गते सुरु हुँदैछ।
विद्यार्थीहरुले गत वर्ष झैं यो वर्ष पनि होम सेन्टरमै परीक्षा दिन पाउनेछन्। विद्यार्थीहरुले भौतिक उपस्थितिमै सो परीक्षा दिनेछन्।
तर कोरोना संक्रमण हटिनसकेको र पछिल्लो समय कोरोना संक्रमितको ग्राफ उकालो लागिरहेको अवस्थामा विद्यार्थीहरूको भौतिक उपस्थितिमा परीक्षा चुनौतीपूण हुने भनी अभिभावकमात्र नभएर सरोकारवाला सबै चिन्तित छन्।
यसैबीच संसदको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ।
समिति सभापति जयपुरी घर्तीले कक्षा १२ को परीक्षा दिनुपर्ने करिब ४ लाख विद्यार्थीलाई परीक्षा दिनुअघि नै खोपको व्यवस्थाका लागि पहल गर्न सरकारलाई सुझाव दिने निर्णय गरिएको बताइन्।
समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न पनि सुझाएको छ। संक्रमण देखिएका कारण परीक्षा छुट्ने विद्यार्थीका लागि दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था गर्न पनि निर्देशन दिएको हो ।
समितिले आजै ९ बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग कक्षा १२ को परीक्षाका सासाथै अन्य विभिन्न विषयमा छलफल गरेको थियो।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मात्र परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ।
सम्बन्धित खबर
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा