कोरोना महामारी र निषोधाज्ञाका कारण पछाडि धकेलिएको कक्षा १२ को परीक्षा साउन ३१ गते सुरु हुँदैछ।
विद्यार्थीहरुले गत वर्ष झैं यो वर्ष पनि होम सेन्टरमै परीक्षा दिन पाउनेछन्। विद्यार्थीहरुले भौतिक उपस्थितिमै सो परीक्षा दिनेछन्।
तर कोरोना संक्रमण हटिनसकेको र पछिल्लो समय कोरोना संक्रमितको ग्राफ उकालो लागिरहेको अवस्थामा विद्यार्थीहरूको भौतिक उपस्थितिमा परीक्षा चुनौतीपूण हुने भनी अभिभावकमात्र नभएर सरोकारवाला सबै चिन्तित छन्।
यसैबीच संसदको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ।
समिति सभापति जयपुरी घर्तीले कक्षा १२ को परीक्षा दिनुपर्ने करिब ४ लाख विद्यार्थीलाई परीक्षा दिनुअघि नै खोपको व्यवस्थाका लागि पहल गर्न सरकारलाई सुझाव दिने निर्णय गरिएको बताइन्।
समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न पनि सुझाएको छ। संक्रमण देखिएका कारण परीक्षा छुट्ने विद्यार्थीका लागि दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था गर्न पनि निर्देशन दिएको हो ।
समितिले आजै ९ बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग कक्षा १२ को परीक्षाका सासाथै अन्य विभिन्न विषयमा छलफल गरेको थियो।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मात्र परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु