महिलामाथि बोक्सीको आरोपमा कुटपिट गर्ने तीन जना पक्राउ

महिलामाथि बोक्सीको आरोपमा कुटपिट गर्ने तीन जना पक्राउ

pakrau

बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पा नगरपालिका–४ लिवाङकी २६ वर्षीय महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने सुनिल स्मृति गाउँपालिका–६ गजुलका कथित धामी राहुल सुनार, रोल्पा नगरपालिका–४ बाइगाउँकी जुनकुमारी सेन र सीता सेनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनैजनालाई अदालतमा उपस्थित गराई म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ