५ दिनदेखि बेपत्ता बालिकाको शव सडेको अवस्थामा फेला इनारमा फेला

५ दिनदेखि बेपत्ता बालिकाको शव सडेको अवस्थामा फेला इनारमा फेला

Death

सांकेतिक तस्विर

५ दिनदेखि बेपत्ता बालिका मृत अवस्थामा भेटिएकी छिन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका-१० बरमझियाका वीरेन्द्र यादवकी ६ वर्षीया छोरी प्रिती यादवको शव शुक्रबार बिहान इनारमा फेला परेको छ ।

बालिका सोमबार बिहान ९ बजे घरनजिकै रहेको पसलबाट फर्कने क्रममा बेपत्ता भएकी थिइन् । उनको शव घरदेखि ५ सय मिटरको दूरीमा रहेको इनारमा सडेको अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएका प्रहरी टोलीले बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ ।

शवको प्रकृति हेदा बालिकाको हत्या गरेर इनारमा फालिएको जस्तो देखिए पनि पोस्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ