नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

dubayo dubnu paudi

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।

भजनी नगरपालिका-९ को डोङपुरमा बाख्रा चराउन गएकी बालिका नुहाउने क्रममा कन्द्रा नदीमा डुबेका थिए।

९ वर्षकी लक्ष्मी कुमारी सिंह र ७ वर्षकी जानुकुमारी चौधरीको शव फेला परेको छ भने ६ वर्षकी अनु कुमारी सिंह फेला परेकी छैनन्।

उनको खोजी भइरहेको भजनी नगरपालिका–९ की वडा सदस्य भगवतीदेवी चौधरीले बताइन्।

सँगै गएकी अर्की बालिकाले उनीहरू डुबेको देखेपछि गाउँमा खबर गरेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ। कैलालीका प्रहरी प्रवक्ता प्रतीक विष्टले बेपत्ता भएकी बालिकाको स्थानीय र प्रहरीले खोजी गरिरहेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ