३३ किलो सुन काण्डका फरार प्रतिवादी पक्राउ

३३ किलो सुन काण्डका फरार प्रतिवादी पक्राउ

sun baramad

प्रहरीले चर्चित ३३ किलो सुनकाण्डका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

अपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा समेतमा फरार रहेका झापाको गौरादह नगरपालिका ८ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई शुक्रबार महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले गौशालावाट नियन्त्रणमा लिएको हो ।
३३ किलो सुनकाण्डमा यसअघि नै उच्च प्रहरी अधिकारीसहित दर्जनौं व्यक्ति पक्राउ परेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ