स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्नुपर्ने बताएको छ । मन्त्रालयमा आएको भएको पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ सहित सम्पूर्ण परीक्षा स्थगित गर्न प्रस्ताव गरिने बताए ।
आज सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना विषयमा भर्चुअल रूपमा पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री श्रेष्ठले परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव अघि सार्ने बताएका हुन् ।
स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय लिने पनि उनले बताए ।
राज्यमन्त्रीले पत्रकार सम्मेलनमा उक्त अभिव्यक्ति दिएपछि अहिले सामाजिक सञ्जालमा १२ कक्षाको परीक्षा स्थगित भएको भन्ने सूचना सम्प्रेसण गरिरहेका छन् । तर राष्ट्रिय परीक्षा बोर्डले भने अहिलेसम्म परीक्षा स्थगिगत भएको विषयमा कुनै जानकारी पनि आफूहरुले प्रवाह नगरेको बताएको छ ।
बोर्डका एक अधिकारीले ले भने परीक्षा स्थगित नभएको बताएका छन् । ती अधिकारीले हामीसँगको टेलिफोन सम्पर्कमा भने, ‘परीक्षा स्थगित भएको छैन् । बाहिर आएका हल्ला मात्रै हुन् ।’
शिक्षा मन्त्रालयले पनि अहिलेसम्म परीक्षाा स्थगित गरिएको विषयमा कुनै निर्णय नभएको जनाएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु