सहिद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
एन्फा र लिगमा सहभागी हुने १४ क्लबका प्रतिनिधिबीच आइतबार भएको बैठकले लिगको समय परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि ए डिभिजन लिग असोज ३ गतेदेखि तय भएको थियो । साफ च्याम्पियनसिप आगामी असोज तेस्रो साता आयोजना हुने भएकाले लिग ढिला गर्नुपरेको एन्फाले जनाएको छ ।
यसपटक लिग विजेताले ७५ लाख पुरस्कार प्राप्त गर्नेछ । यसअघि विजेताले ५० लाख पाउने गरेको थियो ।
यस्तै, लिग उपविजेताले ५० लाख पुरस्कार प्राप्त गर्नेछ । यसअघि उपविजेतालाई २५ लाख दिइने गरिएको थियो ।
तेस्रो हुने टोलीले २५ लाख पुरस्कार प्राप्त गर्नेछ । ए डिभिजन लिगमा सहभागी हुने प्रत्येक क्लबलाई प्रतियोगिताको तयारीका लागि २० लाख उपलब्ध गराउने एन्फाले जनाएको छ ।
लिगको अंकतालिकाको पुछारमा रहने दुई टोली बी डिभिजनमा घटुवा हुनेछन् । लिगका लागि खेलाडीको दर्ता प्रक्रियाको थालनी भइसकेको छ ।
लिगमा सहभागी हुने १४ वटै क्लबले खेलाडीलाई अनुबन्ध गर्ने काम गरिरहेका छन् । ए डिभिजन लिग फुटबल कात्तिक अन्तिम सातादेखि
सहिद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
एन्फा र लिगमा सहभागी हुने १४ क्लबका प्रतिनिधिबीच आइतबार भएको बैठकले लिगको समय परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि ए डिभिजन लिग असोज ३ गतेदेखि तय भएको थियो । साफ च्याम्पियनसिप आगामी असोज तेस्रो साता आयोजना हुने भएकाले लिग ढिला गर्नुपरेको एन्फाले जनाएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार