काठमाडौं उपत्यकामा फेरि साउन २७ सम्म निषेधाज्ञा लम्बियो

काठमाडौं उपत्यकामा फेरि साउन २७ सम्म निषेधाज्ञा लम्बियो

kathmandu-nisagya

काठमाडौं उपत्यकामा कोरोना संक्रमणमा कमि नआएका कारण फेरि निषेधाज्ञा थप गरिएको छ ।

मंगलबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २७ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि प्रशासनले लगाएको साउन २० गते रातिदेखि सकिँदै थियो ।

पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाइँदै लगिएपनि कोरोना संक्रमणमा कमि नआएका कारण स्थानीय प्रशासनले निषेधाज्ञालाई भने निरन्तरता दिँदै आएको छ ।

निर्णयानुसार सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ ।

खुल्ला स्थानमा मानिसहरु जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर, नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।

शैक्षिक संस्था पनि बन्द नै रहनेछन् । परीक्षा तथा सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्नेलगायतका निर्णय भएका छन् । ढुवानी सञ्चालन गर्न पाइने पनि प्रशासनको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ