काठमाडौँ । हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ । १८ सय भन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
स्थानीय समय अनुसार शनिबार बिहान क्यारेबियन मुलुक हाइटीको दक्षिण पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर ७.२ म्याग्निच्युटको भूकम्प गएको थियो । यसको इपिसेन्टर सेन्ट–लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल सर्भेले जनाएको छ ।
भूकम्पको धक्का करिब १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट ओ प्रिन्समा र छिमेकी देशहरुमा पनि महसुस गरिएको थियो ।
उक्त बिनाशकारी भूकम्पमा परेर हजारौं भौतिक संरचना क्षतिग्रस्त भएको छ ।
भूकम्पमा परेर घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने भग्नावशेषमा पुरिएकाहरुको उद्दार जारी रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
अधिकांश भवनहरु क्षतिग्रस्त भएकाले घाइते तथा मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।
त्यहाँका प्रधानमन्त्री एरियल हेनरीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् । साथै तत्काल मानविय सहायता उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्। उनले हाइटीमा सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग पनि अपील गरेका छन्।
यसअघि हाइटीमा सन् २०१८ मा ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्पका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो । यसैगरी सन् २०१० मा आएको ७ दशमलव १ म्याग्निच्यूडको भूकम्पका कारण करिब २ लाख मानिसको मृत्यु भएको थियो ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर