इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर सिटीलाई १–० ले हराएको छ ।
गएराती आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन कोरियाली खेलाडी सन हिउङ मिनले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
नयाँ प्रशिक्षक नुनो इस्पीरितो सान्तोको प्रशिक्षणमा टोटनह्यामले सिजनको पहिलो खेलमा साविक विजेता म्यान्चेस्टर सिटीलाई स्तब्ध पारेको हो ।
यो जितसँगै टोटनह्यामले चर्चित स्ट्राइकर ह्यारी केन बिना पनि उत्कृष्ट प्रदर्शन गर्नसक्ने सन्देश दिएको छ ।
केनलाई म्यान्चेस्टर सिटीले आफ्नो टोलीमा भित्र्याउने प्रयास गरिरहेको छ । प्रिमियर लिगकै अर्को खेलमा वेष्ट ह्याम युनाईटेडले न्युकायसल युनाईटेडलाई ४–२ ले हरायो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
घट्यो सुनको मूल्य