काठमाडौँ । जापानले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको खोपको दोस्रो खेप सोमबार काठमाडौँ आइपुगेको छ ।
कोभ्याक्स संयन्त्रमार्फत जापानले उपलब्ध गराएको १६ लाख डोजमध्येको ५ लाख ५९ हजार ३६० डोज अस्ट्राजेनेका खोप सोमबार काठमाडौँ आइपुगेको हो ।
काठमाडौँ विमानस्थलमा जापानी र कोभ्यास अधिकारीहरुले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई खोप हस्तान्तरण गरेका थिए ।
जापानले कोरोनाविरुद्धको अस्ट्राजेनेका खोप कूल १६ लाख १४ हजार ७४० डोज अनुदान सहयोग गरेको हो । पहिलो खेप यसअघि नै आइसकेको छ। सो खोप यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा पर्खिरहेका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिइएको छ ।
मन्त्रालयका अनुसार अहिले आएको खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई लगाइने जनाइएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
घट्यो सुनको मूल्य