काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले मंगलबार विज्ञप्ति जारी गर्दै लकडाउनका कारण जनताको आर्थिक अवस्था कमजोर बनेका बेला भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।
‘कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई थप पीडा दिने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति घोर भर्त्सना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘आहतका बेला राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको छ । अत्यावश्यकीय उपभोग्यवस्तु माथि पटकपटक गरिएको मूल्य वृद्धिले उपभोक्ताले चरम पिडा खेप्नुपरेको अवस्थामा सरकारलाई उक्त मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दछु ।’
नेविसंघले स्वचालित मूल्य प्रणालीका नाममा पटकपटक मूल्यवृद्धि गर्नु जनविरोधी कार्य भएको आरोप लगाएको छ ।
आयल निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई–दुई रुपैयाँ मूल्यवृद्धि गर्दै पेट्रोल १३०, डिजल र मट्टितेल ११३ तथा हवाई इन्धन प्रतिलिटर ८६ रूपैयाँ र खाना पकाउने एलपि ग्याँसमा २५ रुपैयाँ वृद्धि गरी १,४५० कायम गरेको छ ।
सम्बन्धित खबर
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
जीबी राई नेपाल फर्कन चाहेको भन्दै सार्वजनिक अडियो परीक्षणको तयारीमा प्रहरी
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन