सेनिटाइजर पिएका एक जनाको मृत्यु

सेनिटाइजर पिएका एक जनाको मृत्यु

mrita fela

कैलाली । कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु भएको छ । भदौ ९ गते सेनिटाइजर पिएका धनगढी उपमहानगरपालिका–१२ का टीकाराम बराइलीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीकाअनुसार सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार जुगेडामै स्थानीय मेडिकलमा पुगेका थिए ।

त्यहाँ उनलाई स्लाइन चढाइएको थियो । समान्य उपचारपछि घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनले सेनिटाइजर किन पिए भन्ने कुरा खुलेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds