अमेरिकाद्वारा अफगानिस्तानमा आईएस लक्षित ड्रोन आक्रमण

अमेरिकाद्वारा अफगानिस्तानमा आईएस लक्षित ड्रोन आक्रमण

ड्रोन

काठमाडौँ । अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आईएस) लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको छ ।

पूर्वी अफगानिस्तानको नानगहार प्रान्तमा भएको आक्रमणमा एक जना आईएस सदस्यको मृत्यु भएको बीबीसीले जनाएको छ ।

मृत्यु हुने व्यक्ति बिहीबार काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार रहेको अमेरिकाको दाबी छ । अमेरिकाको केन्द्रीय कमाण्डले जारी गरेको वक्तव्यमा निसानामै आक्रमण भएको र योजनाकार मारिएको दाबी छ ।

ड्रोन आक्रमणमा सर्वसाधारणलाई कुनै क्षति नभएको अमेरिकाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds