काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुल विमानस्थलमा फेरि आतङ्ककारी हमला हुनसक्ने चेतावनी दिएका छन् ।
उनले फेरि आतङ्ककारी हमला हुन सक्ने सङ्केत मिलेको र आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको बीबीसीले जनाएको छ ।
अफगानिस्तानमा रहेका अमेरिकी सैन्य बल फिर्ता भइरहेका बेला सैनिक कमाण्डरले आक्रमण हुन सक्ने सङ्केत दिएको बाइडेनको दाबी छ ।
केही दिनअघि पनि काबुल विमानस्थलमा आक्रमण हुन सक्ने बाइडेनले बताएका थिए । लगत्तै इस्लामिक स्टेट आईएसले गरेको विस्फोटमा १३ अमेरिकी नागरिकसहित १ सय ७० जनाको ज्यान गएको थियो ।
त्यसको बदलामा अमेरिकाले शनिबार ड्रोन आक्रमण गरेको थियो । उक्त आक्रमणमा विस्फोटका योजनाकार मारिएको अमेरिकी सेनाको दाबी छ ।
सम्बन्धित खबर
बायरो बने फ्रान्सका नयाँ प्रधानमन्त्री
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
कङ्गोमा पत्ता नलागेको रोगबाट ७९ जनाको मृत्यु
आज विश्व एड्स दिवस
भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो