अर्जेन्टाइन स्टार लिओनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) को लागि डेब्यु गरेका छन् । त्यसैखेलमा किलिएन एमबाप्पेले दुई गोल गर्दा पीएसजीले रेईम्सलाई २-० ले पराजित गर्दै फ्रेन्च लिग वानमा लगातार चौथो जीत हासिल गरेको छ ।
बार्सिलोनामा दुई दशक बिताएर फ्रि ट्रान्सफरमा पेरिस पुगेका मेस्सीले ३० नम्बरको जर्सी लगाएर पीएसजीका लागि डेब्यु गरेमा हुन् । पहिलो पटक स्पानिस क्लब बार्सिलोना बाहेक अर्को जर्सी लगाएर खेलेका मेस्सीको सम्मानमा खेलमा उपस्थित सबै दर्शक उठेका थिए ।
बेन्चबाट खेलको सुरुवात गरेका मेस्सी ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान प्रवेश गरेका थिए । मेस्सीको डेब्यु खेलमा रियल मड्रिड जाने हल्ला चलिरहेमा एम्बाप्पेले दुई गोल गरेका थिए ।
खेलको १६औं मिनेटमा एन्जल डी मारियाको पासमा पहिलो गोल गरेका एम्बाप्पेले मेस्सी मैदान प्रवेश गर्नुअघि ६३ औं मिनेटमा अच्राफ हाकिमीको पासमा एमबाप्पले दोस्रो गोल गरेका थिए ।
मेस्सीको आगमनपछि नेयमार र एमबाप्पेसँगै नयाँ ट्रिओ बनेको छ । तर उक्त खेलमा भने तीन जनाले सँगै खेल्ने अवसर पाएनन् । लगातार चोथो जीतपछि पीएसजी ४ खेलबाट १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । रेईम्सको तीन अंक मात्र छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु