अमेरिकाको लुइजियानामा शक्तिशाली आँधी

अमेरिकाको लुइजियानामा शक्तिशाली आँधी

aadhi

काठमाडौँ । अमेरिकाको लुइजियानामा ‘आइडा’ नामक शक्तिशाली आँधी आएको छ ।

अचानक आएको समुद्री आँधीले तटीय क्षेत्र डुबाएको छ । आँधीका कारण त्यहाँ तीव्र गतिमा हावाहुरी चलिरहेको र बाढीको जोखिम समेत रहेको बीबीसीले जनाएको छ ।

लुइजियानाका सात लाख ५० हजारभन्दा धेरै घरमा बिजुलीको आपूर्ति ठप्प भएको छ। प्रतिघण्टा १ सय ५० माइलको वेगले आएको आँधीले राज्यको मुख्य सहर न्यू ओर्लिन्सको जनजीवन अस्तव्यस्त बनाएको छ ।

दुई सय किलोमिटर प्रतिघण्टा वेगको गतिमा अघि बढिरहेको आँधीले थप विनाश निम्त्याउन सक्ने अमेरिकी राष्ट्रिय मौसम विभागले चेतावनी दिएको छ ।

यसअघि कट्रिना आँधीले सन् २००५ मा १८ सय जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ