काठमाडौँ । अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना स्वदेश फर्किएको बताएको छ।
दुई दशक लामो युद्ध पछि अमेरिकी सेना अफगानिस्तानबाट फर्किएको हो। योसँगै अफगानिस्तानमा अमेरिकाले जारी राखेको २० वर्षको सैन्य कारबाही औपचारिकरूपमा समाप्त भएको छ ।
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अमेरिकाले आफ्ना सेनालाई अफगानिस्तानमा खटाएको थियो ।
२० वर्षको अमेरिकी सैन्य कारबाहीमा अलकायदाका प्रमुख ओसामा विन लादेन र तालिबानका तत्कालीन प्रमुख ओमार मारिएका छन् । दुई दशकमा २ हजार ४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको जनाइएको छ ।
अमेरिकी सेना चढेको अन्तिम विमान काबिलबाट बाहिरिएसँगै, तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर तथा गोली चलाएर खुशीयाली मनाएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले अगष्ट ३१ भित्र अमेरिकाबाट फौज फिर्ता गर्ने प्रतिबद्धताअनुरूप नै सेना फिर्ता भएका हुन् । तालिबानले अगष्ट १५ मा काबुल कब्जामा लिएपछि अमेरिकी, अरू विदेशी र अफगान गरी लगभग १ लाख २० हजार जनालाई उद्धार गरिएको जनाइएको छ ।
अमेरिकी सेनाले अफगानिस्तान छोड्न थालेसँगै तालिबान सक्रिय भएको थियो । ग्रामीण क्षेत्रमा मात्रै सीमित भएको तालिबानले त्यसपछि सहर केन्द्रित आक्रमण गर्न थाल्यो । गएको साउन ३१ गते तालिबानले राजधानी काबुललाई नियन्त्रणमा लिएपछि त्यहाँ फसेका आफ्ना नागरिक र सेनाको उद्धारका लागि अमेरिकाले आजसम्मको समय पाएको थियो ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन