किलियान एम्बाप्पे यो सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी)मै रहने भएका छन् । युवा खेलाडीलाई अनुबन्ध गर्ने छलफलबाट रियल पछि हटेपछि उनी यो सिजन फ्रेन्च क्लबमा नै रहने पक्का भएको हो ।
यो सिजन नै एम्बाप्पेलाई भित्र्याउनेमा आशावादी रहेको स्पेनिस महारथीले अन्त्यमा पीएसजीको २० करोड यूरोको माग पूरा गर्न अस्वीकार गरेको गोल डकटमले बताएको छ । यो सिजनको अन्त्यसम्म एम्बाप्पेको पीएजसीसँग करार रहेको छ । अब उनी लियोनेल मेस्सी र नेयमारसँगै खेल्ने छन् ।
यसअघि रियलले एम्बाप्पेलाई अनुबन्ध गर्न पीएसजीसँग दुईवटा अफर गरेको थियो । दोस्रो पटक १७ करोड युरो र थप १ करोड एडअनसहित अफर राखिएको थियो । पहिलो अफर अस्वीकृत भएसँगै गरिएको दोस्रो अफरपछि रियल २२ वर्षीय फ्रेन्च स्ट्राइकरलाई भित्र्याउनेमा ढुक्क थियो । तर, पीएसजीले दुवै अफरलाई अस्वीकार गरेको थियो ।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत