पोखरा । देशभर आज (बिहिबार) को मौसम बदली रहि केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।
अहिले बिहान देशभर सामान्य बदली रहि प्रदेश नं १ का धेरै र प्रदेश नं २, बागमती प्रदेशका केहि स्थानहरूमा वर्षा भइरहेको छ।
बिहिबार दिउँसो देशभर सामान्य बदली रहि केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रहि केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो