काठमाडौँ । कश्मीरका चर्चित नेता सैयद अली शाह गिलानीको निधन भएको छ । ९२ वर्षीय गिलानीको बुधबार राति श्रीनगरमा रहेको आफ्नै घरमा निधन भएको हो ।
गिलानी कश्मिरमा सक्रिय पृथकतावादी नेता हुन् । २९ सेप्टेम्बर १९२९ मा जन्मिएका उनी हुर्रियत कन्फरेन्सका उदारवादी नेता मानिन्छन् ।
उनी कश्मीरको सोपोर विधानसभामा तीनपटक विधायकको भूमिकामा निर्वाचित भएका थिए ।
उनी कश्मीरलाई भारतको भाग मान्दैनथे र यसलाई अलग गर्नुपर्ने मागमा अडिग रहँदै आएका थिए । उनले १९९० को दशकमा हिंसात्मक आन्दोलनमा रहेको धडोसँग मिलेर अल पार्टी हुर्रियत कन्फरेन्स गठन गरेका थिए ।
भारतीय संस्थापनले उनीमाथि पाकिस्तानसँग मिलेर कश्मीरमा पृथकतावादी आन्दोलन भड्काइरहेको आरोप लगाउँदै आएको थियो ।
उनीमाथि देशद्रोहको मुद्दा पनि चलाइएको थियो । भारत सरकारले उनको पासपोर्ट पनि खोसेको थियो । तर, सन् २००६ मा हज यात्राका लागि भन्दै गिलानीलाई पासपोर्ट दिइएको थियो ।
उनको निधनमा पनि कश्मीरको सुरक्षा व्यवस्था कडा पारिएको छ भने त्यहाँ इन्टरनेट सेवा बन्द गरिएको छ । त्यहाँ कर्फ्युसमेत लाग्न सक्ने स्थानीय प्रहरीले जनाएको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गिलानीको निधनप्रति दुःख व्यक्त गर्दै एक दिनका लागि शोक र झण्डा आधा झुकाउने घोषणा गरेका छन् ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ