लामो समयदेखि गैरआवसिय नेपाली संघ (एनआरएनए)मा सक्रिय रहेका थर्क सेनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएमा रोड सेप्टी कमिटी संयोजक भएर काम गरिरहेका सेनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै आफ्ना योजना र एजेण्डाबारे पनि गैर आवसीय नेपालीलाई बुझाइरहेका छन् ।
पूर्व बेलायत सैनिक थर्क सेनले स्पष्ट योजना, अग्रजको अनुभव, युवाको ऊर्जा, प्रविधिको प्रयोग र कुशल नेतृत्वको अध्यासले धेरै क्षेत्रमा फड्को मार्न सकिने बताउँछन् । ‘मेरो योजना, ज्ञान, अनुभव, ऊर्जा संस्थागत हितमा लगाउन चाहान्छु,’ सेनले भने ।
उच्चतम प्रविधिको प्रयोगले नेपालका धेरै क्षेत्रमा योगदान गर्न आफूले चाहेको सेनले बताए । ‘सडक सुरक्षाका क्षेत्रमा अझै धेरै संस्थागत हिसाबले योगदान गर्न सकियोस् । म चाहान्छु, युवा शक्तिलाई धेरैभन्दा धेरै सिर्जनशील काममा सहकार्य गर्न सकियोस्,’ सेनले भने, ‘एनआरएनएलाई व्यक्तिगत स्वार्थरहित, राजनीतिमुक्त, सुशासनयुक्त र सबैको साझा थलो बनाउन म लागि रहने छु ।’
एनआरएनए युकेको संस्थापक कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष, आइसीसी सदस्य हुँदै हाल एनआरएनए रोड सेप्टी कमिटीको संयोजक र एनआरएनए एकेडेमीको सदस्यसमेत रहेका सेनले संस्थामा देखिइरहेका सबैखाले वेथिति अनत्य गर्नका लागि साझा एजेण्डा बोक्ने बताएका छन् । सबै गैरआवसीय नेपालीको आवाजलाई समेट्दै काम गरेर देखाउन आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको सेनको भनाइ छ ।
‘आसन, भाषन, चन्दा र अनेक घोषणा गर्ने तर व्यक्तिगत स्वार्थ र राजनीति गर्दा धेरै विवादहरु निम्तिएका थुप्रै उदाहरण छन्,’ सेनले भने, ‘ती सबै इतिहासबाट पाठ सिक्दै असल अभ्यास गर्ने प्रयत्न मैले गर्नेछु । म एक्लैले सिंगो संस्था उठाउन सक्छु भन्ने होइन तर सबैको साथ सहयोग र साझा एजेण्डाका लागि सकारात्मक सुरुवात अवश्य गर्ने छु ।’ कामबाटै पदलाई न्याय गर्न हरदम लाग्ने सेनको भनाइ थियो ।
‘मेरा लागि एनआरएनए रहर होइन सबल संस्था बनाउने जिम्मेवारी हो,’ सेनले भने, ‘साझा समस्याको हल र हक स्थापित गर्न एकतामा म विश्वास गर्छु । स्वच्छ, समृद्ध र मर्यादित एनआरएनए आजको आवश्यकता हो ।’
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर