जीपको ठक्करबाट स्याङ्जाको राङ्खोलामा ६ वर्षीय बालकको मृत्यु, चालक शाही फरार

जीपको ठक्करबाट स्याङ्जाको राङ्खोलामा ६ वर्षीय बालकको मृत्यु, चालक शाही फरार

Syangja Rangkhola

राम बहादुर रोकाहा, स्याङ्जा । जीपको ठक्करबाट ६ वर्षीय बालकको घटनास्थलमै ज्यान गएको छ ।

पुतलीबजार नगरपालिका –१० स्थित राङ्खोलाको समता टोलमा अपरान्ह ५ बजेतिरको समयमा जीपले ठक्कर दिँदा स्थानिय सुमन गुरुङको छोरा आयोनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

राङ्खोलाबाट भित्री सडकखण्ड समता टोलतर्फ जाँदै गरेको लु १ च ६०९७ नम्बरको जीपका चालक राङ्खोलाकै २८ वर्षीय निरज शाही हुन् । बालकको मृत्यु भएपछि चालक शाही भागेका थिए ।

घटनास्थलमै मृत्यु भएका बालकको शवको जाँच मुचुल्का कार्य सकाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको डिएसपी अधिकारीले बताए ।

घटनास्थलबाटै जीपलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाको अनुसन्धान कार्य भइरहेको र फरार रहेका जीप चालक शाहीको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ