पेरु कम्युनिष्ट क्रान्तिका नेता गोन्जालोको निधन

पेरु कम्युनिष्ट क्रान्तिका नेता गोन्जालोको निधन

Gonjalo

काठमाडौँ । पेरु क्रान्तिका नेता गुजम्यानको ८६ वर्षको उमेरमा निधन भएको छ । तीस वर्षदेखि कारागारमा रहेका उनको कारागारमै रहेको अवस्थामा निधन भएको हो ।
पेरुमा नयाँ जनवादी ब्यवस्थाका लागि गुरिल्ला युद्ध गरिरहेका गुजम्यानलाई त्यहाँको तत्कालिन सरकारले पक्राउ गरी आजीवन कारावासको सजाय दिएको थियो ।
विश्वका कम्युनिष्टहरुबीच गोन्जालो उपनामले चिनिने उनलाई सन् १९९२ को सेप्टेम्बर १२ देखि बन्दी बनाइएको थियो । उनी पछिल्लो समय छालाको क्यान्सरबाट ग्रस्त थिए । गोन्जालोको पार्टी पेरु कम्युनिष्ट पार्टी साइनिङपथले सन् १९८० देखि सशस्त्र युद्ध शुरु गरेको थियो जुन १९९९ मा आईपुग्दा निस्तेज भएको थियो ।
दार्शनिक नेता गोन्जालो विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिन्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ