गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । जागिरको चक्करमा पिजी रियल स्टेट एण्ड जब लिन्क, तालचोकबाट ठगिएकाहरु आन्दोलित छन् । स्याङ्जा फेदीखोला ४ का २१ वर्षीय कृष्णप्रसाद पौडेलले जनही २५ सय रुपैंया लिएर पछि ठगेको थाहा भएपछि सयौं युवायुवतीहरु प्रहरीको शरणमा पुगेका छन् ।
कृष्णलाई शुक्रबार प्रहरीले पक्राउ गरिसकेको छ । आइतबार ३ जनाको लिखित जाहेरीपछि कारबाही प्रक्रिया सुरु भएको छ । शुक्रबार नै शिशुवा प्रहरीले पक्राउ गरी जिप्रका, कास्कीमा पौडेललाई पठाएकोमा उनी कास्की प्रहरी हिरासतमै छन् ।
शुक्रबार दिनभर शिशुवामा धर्ना दिनेहरु आइतबार दिनभर जिप्रका कास्की अगाडि पनि देखिए । धर्नामा देखिएका कति विद्यार्थी छन् त कति मजदुर छन् । उनीहरुलाई २५ सय पनि ठूलो छ । तर त्यस भीडमा केही भने हुलहुज्जत र रमाईलो गर्न मात्र आएको जस्तो पनि देखियो । प्रहरी विरुद्ध जाइलाग्ने, मिडिया विरुद्ध आक्रोश पोख्ने, पत्रकारहरुलाई हातपात गर्ने आधा दर्जनजति देखिए ।
आइतबार दिउँसो कालो टोपी र कोट भिरेर एक युवक जिप्रका अगाडि रोकिए । ति युवक देख्नासाथ एक हुल उनलाई घेर्न पुगे । झोला खोस्, ल्यापटप हेर्, के के छ निकाल्, त्यसलाई कुट् भन्दै भिडले घेर्न सुरु गर्दा पत्रकारले दृश्य कैद गर्न थाले । त्यसपछि टोले गुुण्डा पारामा २–३ जना पत्रकार रञ्जन अधिकारीमाथि जाइलागे । उनीहरुले भिडियो रेकर्ड भइरहेको मोबाइल खोसे । पत्रकार भएपनि हान् भन्दै लछार्न थाले । भिडियो डिलिट गर्ने शर्तमा मोबाइल दिइयो । पछि भिडियो रिस्टोर गरी गण्डकन्यूजमा उक्त भिडियो प्रसारण भइसकेको छ ।
पत्रकारमाथि हातपात गर्ने ३१ वर्षीय युवराज लामा र सोहि ठाउँका ३० वर्षीय नवराज शर्मा रहेको प्रहरीले जानकारी दियो । उनीहरुले पोखरा १७ बिरौटा घर भनेर ढाँटेको पछि खुल्यो । लामा अहिले पोखरा ७ मासबारमा ससुरालीमा बस्दै आएका छन् । घर काठमाण्डौ १४ कलंकी रहेको लामाले बताएका छन् । डिएसपी सुवास हमालका अनुसार नवराज शर्माको घर पोखरा २७ तालचोक हो ।
उनीहरु र अन्य दुई जनालाई प्रहरीले केही समयमै नियन्त्रणमा लिई हिरासतमा राख्यो । मोबाइल, पर्स लुटिएका नवलपरासीका सरोज च्वाईं सुवेदीले प्रहरीमा उजुरी पनि दिएका थिए ।
जिप्रका आएका टोपी लगाउने युवक सरोजले भिडबाट बच्न आफू कोहि होइन भनेपनि उनी सञ्चालक कृष्ण पौडेलको नातेदार रहेको रहस्य पछि खुलेको छ । सरोजलाई लुट्ने र पत्रकारलाई हातपात गर्ने युवराज र नवराजहरु अन्य बेला देखिएका छैनन् । उनीहरु हुलहुज्जत गर्न मात्र आएको हो कि ? भन्ने प्रहरीको आशंका छ । ‘ति दुई जना फाराम भरेर २५०० तिरेका पीडित हुन् कि होइनन्, बुझ्न बाँकी छ ।’ डिएसपी हमालले भने ।
टोले गुण्डा प्रवृत्तिका यी दुई ले ‘कुट् कुट्’ भनेको भिडियोमा प्रष्ट देखिन्छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ