पोखरा जेसीजको वर्ष २०२१ को जेसीज सप्ताह कार्यक्रम आजदेखि सुरु हुँदैछ । जेसीजले यहि भदौ २९ गते मंगलबारदेखि असोज ४ गतेसम्म विभिन्न तालिम तथा कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रम गर्न लागेको हो ।
सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन आज जेसीज सप्ताह शुभारम्भ तथा जेसीज लाईब्रेरी स्थापना गरिनेछ । दोश्रो दिन कौशी खेती तालिम, तेश्रो दिन पुनः प्रयोग्य स्यानिटेरी प्याड निर्माण तालिम, चौथो दिन उद्यमीसँग युवा अन्तरक्रिया, पाँचौ दिन कोभिड संक्रमण पश्चातको स्वास्थ्य सचेतना तथा परामर्श, छैटौं दिन दिप प्रज्वलन तथा संविधान सम्वन्धि बहसमूलक कार्यक्रम र सातौं दिन गण्डकी युवा वक्ता वक्तृत्वकता प्रतियोगिता हुने जेसीज सप्ताह २०२१ का मुल संयोजक ई. सन्देश पराजुलीले जानकारी दिए ।
त्यसैगरी, पोखरा जेसीजका अध्यक्ष किरण केसीले जेसीज व्यक्तित्व र नेतृत्व विकासका लागि स्थापना भएको संस्था रहेको बतााए । संस्थाले विभिन्न विषयगत ज्ञान, तालिम, सेमिनारमार्फत व्यक्तित्व विकास गर्दै आएको उनको भनाई थियो । केसी भन्छन् ‘विद्यार्थीदेखि व्यवसायिक व्यक्तिलाई हामीले समेटीरहेका छौं । हामीले व्यवसाय कसरी गर्ने भन्ने पनि सिकाउछौं र व्यवसाय प्रवर्धनमा पनि सहयोग गदर्छौ ।’
सप्ताहव्यापी कार्यक्रम अन्तरगत युवाहरु भित्र अन्तर्निहित वाककलाको प्रष्फुटन तथा प्रस्तुतिकरण गर्ने मञ्चको रुपमा पोखरा जेसीजले सन् २०१९ बाट सञ्चालन गर्दै आएको ‘युवा वक्ता वक्तृत्वकला प्रतियोगिता’ सातौ दिन असोज ४ गते हुने प्रतियोगिताका संयोजक सन्तोष लामिछानेले बताए । उनका अनुसार तेश्रो संस्करणको यो प्रतियोगितामा गण्डकी प्रदेश भित्रका १६ देखी ४० बर्ष भित्र युवाहरु सहभागिता जनाउन पाउनेछन् ।
गण्डकी युवा वक्ता–२०२१ बक्तृत्वकला प्रतियोगितामा भाग लिन अनलाइन मार्फत (दर्ता गर्न यहाँ क्लीक गर्नुहोस् Click Here) दर्ता गराउन सकिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?