स्याङ्जामा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट गरी जरिवाना तिराइयो

स्याङ्जामा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट गरी जरिवाना तिराइयो

Syangja anugaman

राम बहादुर रोकाहा, स्याङ्जा । स्याङ्जामा विभिन्न स्थानमा बजार अनुमगन गर्दा म्याद नाघेका वस्तुहरु समेत विक्री गरिरहेको भेटिएको छ ।

उपभोग्य मिति, लेवल नहेरीकन सामान किन्नेहरुले म्याद नाघेका सामान कति किने लेखाजोखा छैन । म्याद नाघेका सामान नष्ट गरी जरिवाना समेत तिराइएको छ ।

स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माको नेतृत्वमा रहेको अनुगमन टोलीले स्याङ्जाका विभिन्न व्यवसायिक फर्महरुमा अनुगमन गरी म्याद नाघेका मालबस्तुहरु जफत गरी नष्ट गरेको हो ।

व्यवसायीहरुलाई जरिवाना तिराई उपभोक्ता हित प्रतिकुल हुने कार्य नगर्न सचेत गराएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
अनुगमन टोलीले फेदिखोला गाउँपालिका अन्तर्गत सिद्धार्थ राजमार्ग सडकखण्ड आसपासमा रहेका व्यवसायिक फर्महरुको अनुगमन गरेको हो ।

साथै, मंगलबार पनि फेदिखोला गाउँपालिका–२ र पुतलीबजार नगरपालिका –४ नागडाँडास्थित केही व्यवसायिक फर्महरुमा पनि अनुगमन गरेको छ ।

अनुमगन टोलीमा सहायक सिडिओसहित नगर/गाउँपालिका, नेपाल प्रहरी, घरेलु कार्यालय, उपभोक्ता मंच लगायतका प्रतिनिधिहरुको सहभागिता थियो ।

आफूले खरीद गर्ने मालबस्तुहरुको म्याद, मूल्य हेरेर मात्रै सामान किनी सचेत उपभोक्ताको भूमिका खेल्न सम्पुर्ण नागरिकलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ