कक्षा १२ को परीक्षा आजदेखि

कक्षा १२ को परीक्षा आजदेखि

exam

सांकेतिक तस्बीर ।

काठमाडौँ । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले सूचना मार्फत जानकारी दिएको छ । परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।

यसपटकको कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

विषम् परिस्थिति भएकोले यो वर्ष विद्यार्थीलाई होम सेन्टरबाटै परीक्षा दिने व्यवस्था गरिएको छ । साथै, कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीलाई पनि छुट्टै राखेर परीक्षा लिन सकिने व्यवस्था बोर्डले गरेको छ ।

यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ