दशैंका लागि हवाई टिकट बुकिङ सुरु

दशैंका लागि हवाई टिकट बुकिङ सुरु

buddha-air36

दशैंका लागि हवाई टिकट बुकिङ सुरु भएको छ ।

दशैं आउन केही साता बाँकी भए पनि धमाधम बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । दशैंका लागि भनेर छुट्टै अग्रिम बुकिङ खुल्ला नगरिए पनि यो सिजनमा टिकट बुकिङ गर्ने यात्रुहरुको संख्या बढ्ने वायुसेवा कम्पनीहरुको भनाइ छ ।

पछिल्लो समय उडान संख्या र जहाजसमेत थपिएकाले दसैंको अवधिमा टिकट नपाउने समस्या खासै नरहने बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले बताए । कोभिड महामारीको जोखिम कायमै रहेकाले यात्रुको संख्या सम्बन्धमा अनुमान गर्न नसकिने कर्णको भनाइ छ ।

दशैंमा सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतसम्म टिकट माग बढ्ने वायुसेवा कम्पनीहरुको दाबी छ । सरकारले तोकेको न्यूनतम र अधिकतम भाडादरअनुसार यात्रुलाई गन्तव्यमा लगिने संघले जनाएको छ । चाडपर्वको समयमा यात्रु एकतर्फीमात्र हुने हुँदा केही तलमाथि पर्न सक्ने वायुसेवा कम्पनीहरुले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ