आज मध्यरातदेखि सरकारी कोषबाट खर्च गर्न नपाउने, ‘बजेट होलिडे’ शुरु

आज मध्यरातदेखि सरकारी कोषबाट खर्च गर्न नपाउने, ‘बजेट होलिडे’ शुरु

artha mantryala

काठमाडौँ । सरकारले आज (बुधबार) मध्यरातबाट सरकारी कोषबाट खर्च गर्न नपाउने भएको छ ।

अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले केही दिनका लागि खर्च गर्न नपाउने भएको हो ।

विधेयक पारित नभएसम्म सरकारी कोषबाट खर्च गर्न नपाइने अवस्थालाई ‘बजेट होलिडे’ भनिन्छ । सरकारले बजेट होलिडेको अवस्थामा खर्च गर्न नपाए पनि विभिन्न क्षेत्रबाट हुने रकम संकलन गर्न भने पाउने छ ।

प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले अवरोध जारी राखेका कारण विनियोजन विधेयक पारित हुन सकेको छैन । प्रतिनिधिसभाबाट विधेयक पारित नभइन्जेलसम्म सरकारी ढुकुटीबाट खर्च गर्न पाइने छैन ।

सरकारले असोज ४ गते बस्ने प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ